काठमाडौं– पोखराबाट घान्द्रुक जाँदै गरेको जिप कास्कीको अन्नपूर्ण गाउँपालिका– १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।
जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप