बालकोट हत्या प्रकरण: बुवा र भाइको हत्यापछि मिलनद्वारा आत्महत्या प्रयास

  • २०८१ पौष ९, मंगलबार (१ महिना अघि)
  • १४९ पटक पढिएको
बालकोट हत्या प्रकरण: बुवा र भाइको हत्यापछि मिलनद्वारा आत्महत्या प्रयास

काठमाडौं– खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु–छोराको हत्या भएको खुलेको हो ।

Advertisement

उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयले मिलनले हत्या गरेको स्वीकार गरेको जानकारी दिएको छ । हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विस्तृत अनुसन्धान हामी गर्दैछौं ।’

पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएकोले हत्या गरेको उनको भनाइ रहेको प्रहरीले जनाएको छ । बाबु र भाइको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गरे पनि सफल न भएको जनाएको छ ।

मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए । केही दिन अघि मात्रै कुलप्रसाद हुलाक विभागमा काम छ भन्दै काठमाडौं आएका थिए । त्यसपछि उनी आफ्नो छोराहरुको कोठामा बस्न गएका थिए । गत शनिबार पनि कुलप्रसाद आफ्ना छोराहरुसँगै बालकोटस्थित कोठामा बसेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट