राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो धादिङ अस्पताललाई ध्यानाकर्षणपत्र

  • २०८१ पौष १५, सोमबार (१ महिना अघि)
  • ३७४ पटक पढिएको
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो धादिङ अस्पताललाई ध्यानाकर्षणपत्र

धादिङ- राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति धादिङले धादिङ अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालको सेवामा थप चुस्त बनाएर प्रभावकारी सेवा विस्तार गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Advertisement

केही दिन अगाडी मात्रै धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएकी राधिका सापकोटालाई धन्यवादसहित सफल कार्यकालको शुभकामना साथै ध्यानाकर्षण पत्र बुझाएका हुन् । ‘अस्पतालको समग्र सुधार गर्न कुनै कसुर नराखि कोही वञ्चित नहुने गरि सबै नागरिकको समान पहुँच हुने गरि काम हुनेछ । उपकरणहरुको उचित प्रयोग गरि धादिङ अस्पतालबाटै सेवा प्रदान गरिनेछ भनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले ६ वुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा उल्लेख रहेका मागहरु यस्ता छन् ।

१. इन्धनमा देखिएको चरम लापरवाहीलाई व्यवस्था गर्ने सम्बन्धमा ।
२. अस्पतालको स्वामित्वमा रहेको जग्गामा रेडक्रस भवन र भाडा सम्बन्धमा ।
३. स्वास्थ्य बिमाबाट उपचार गर्ने बिरामीहरुलाई राज्यले प्रदान गर्ने औषधीलाई सर्वसुलव बनाउने सम्बन्धमा ।
४. अस्पतालले राख्नु पर्ने महत्वपूर्ण कागजातप्रति लापरबाही भएको देखिएको र सोलाई यथाशिघ्र व्यवस्थापन
गर्ने सम्बन्धमा ।
५. अस्पतालमा उपलब्ध स्रोत तथा साधनको भरपुर उपयोग गर्ने जनशक्ति व्यवस्थापन गरि बिरामीहरुलाई
अस्पतालमा गुणस्तरको सेवा प्राप्त गर्ने नागरिकको नैर्सगिक अधिकारलाई कुण्ठित नगरि सेवा दिने सम्बन्धमा ।
६. अस्पतालमा आउने बिरामीलाई निजी अस्पतालतर्फ रेफर गरिएको गुनासो आइरहेकोले सो बारेमा यथासक्य
बुझी सो को निराकरण गर्ने सम्बन्धमा ।

ध्यानाकर्षण पत्र बुझ्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले माग जायज रहेको र सकभर चाँडै सम्बोधन गर्ने बताएकी छिन् । ‘अस्पताललाई थप चुस्त र प्रभावकारी सेवा प्रवाह गर्न यस्ता गुनासाले मद्दत पुग्ने छ । धादिङ अस्पताललाई विश्वास गरी आएका सेवाग्राहीलाई अस्पतालमै सबै खालको सेवा दिने प्रयासमा छौं । हाम्रा उपकरण र हाम्रो क्षमताले भ्याएसम्म प्रभावकारी सेवा विस्तार गर्नेछौं’ उनले भने ।

‘मागहरु अस्पताल र सेवाग्राहीको हितमा रहेको छ । म अध्यक्ष भइ सकेपछि अस्पतालको धेरै कुराहरु अध्ययन गरिरहेको छु’ उनले भने– ‘धादिङ अस्तपाललाई अझै थप सुदृढ बनाउन सबैको साथ हुनेछ भन्ने अपेक्षा गरेको छु । तपाईहरुले राख्नुभएको यि सबै मागहरुको केही दिनमै देखिने गरि सम्बोधन गर्ने प्रयास गर्ने छौं ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट