जिल्ला सदरमुकाम धादिङबेसीबासीलाई कौशी खेती तालिम

  • २०८१ पौष १८, बिहिबार (४ हप्ता अघि)
  • ३५७ पटक पढिएको
जिल्ला सदरमुकाम धादिङबेसीबासीलाई कौशी खेती तालिम

धादिङ– धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका स्थानीयलाई विहीबारदेखि कौशी खेती तालिम सुरु भएको छ । घरको छत प्रयोग गरि ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले कौशी खेती तालिम सुरु गरेको हो । विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘यो कार्यक्रम खेतीपाती गर्ने जग्गाजमिन नभएकाहरुका लागि हो । आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनिकरण गर्ने नै हो । यसले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ ।’

तालिममा वडा नम्बर ३ धादिङबेसीका ४४ जना स्थानीयहरु सहभागी रहेका छन् । तालिममा सहभागीहरुलाई तालिम पश्चात कौशी खेतीका लागि आवश्यक सर सामान पनि वितरण गरिने वडा सदस्य सन्तोष थापाले बताए । ‘बजारमा तरकारीको अत्यधिक माग छ । तर अत्यधिक विषादीयुक्त तरकारी मात्रै बजारमा पाइन्छ’ उनले भने– ‘ताज, स्वस्थकर तरकारी तथा फलफुल खाने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट