धादिङ उद्योग वाणिज्य संघः वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारीको यस्तो छ एजेण्डा

  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • १९२ पटक पढिएको
धादिङ उद्योग वाणिज्य संघः वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारीको यस्तो छ एजेण्डा

काठमाडौं- धादिङ उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन नजिकिदै छ । विधान अनुसार स्वतः संघको नेतृत्व वरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटीले सम्हाल्नेछन् । संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः पछिल्लो कार्यकालको अध्यक्ष रहने व्यवस्था छ ।

Advertisement

संघको अधिवेशनले अर्को कार्यकालको नेतृत्व अर्थात् वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । मूख्यतः वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारहरु मैदानमा भिड्ने छन् ।

एक कार्यक्रमका विच वरिष्ठ उपाध्यक्ष पदका लागि युवा व्यवसायी रोहित भण्डारीले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार गर्न थालि सकेका छन् । पुर्व अध्यक्षहरु सवैजनालाई साक्षी राखेर बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेसँगै संघको चुनावी माहोल तातेको हो । तर कांग्रेस र एमाले भने अहिलेसम्म मौन रहेका छन् । समर्थन वा अर्काे उम्मेदवार उठाउने सवालमा केही प्रतिक्रिया दिएका छैनन् ।

२०६७ सालदेखि संघमा जोडिएका भण्डारी वरिष्ठ उपाध्यक्ष पदको बलियो उम्मेदवार रहेको व्यवसायीहरु बताउँछन् । शालिकराम दुवाडीले त खुलेरै भण्डारीलाई जिताउने अभियानमा लागेका छन् । हाम्रो भन्दा पनि राम्रो मानिस नेतृत्वमा पुगे मात्रै संस्थाले फड्को मार्ने उनको भनाई छ ।

‘विगतका अधिवेशनहरुमा जस्तो राजनितिक गन्ध देखिएको छैन । सबैले रोहित भण्डारीको पक्षमा बोलिरहेका छन्’ उनले भने– ‘भण्डारी लामो समयदेखि संघमा आवद्ध रहेर काम गरिरहेका छन् । उद्योगी तथा व्यवसायीहरुको समस्या, अवसर र चुनौतिसँगै समाधानको ज्ञाता पनि हुनुहुन्छ । संघको उन्नयन र विकासका लागि उहाँको उम्मेदवारी सान्दर्भिक रहेको छ । हामी सबैको समर्थन र साथ छ ।’

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रोहित भण्डारीको एजेण्डाहरु
१. नेतृत्वदायी संस्था निर्माण
धादिङ उद्योग वाणिज्य संघलाई व्यापार, लगानी, र उद्यमशीलताको नेतृत्वदायी संस्थाका रूपमा स्थापित गर्ने, व्यवसाय मैत्री नीतिहरूको वकालत गर्दै निजी क्षेत्रको सशक्त भूमिका सुनिश्चित गर्ने काम गर्नेछु ।
२. व्यवसायीहरूको क्षमता अभिवृद्धि
व्यवसायीहरूको क्षमता विकास गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल हुने काम गर्नेछु । सदस्य व्यवसायीहरूले संघमा अपनत्व ग्रहण गर्ने अवसर सिर्जना गरि व्यावसायिक एकता अभिवृद्धि गर्नेछु ।
३. वस्तुगत संघहरूको क्षमता विकास
वस्तुगत संघहरूको क्षमता विकास र सहकार्यलाई प्रोत्साहन गरि संस्थागत विकाससहित प्रविधिको अधिकतम प्रयोग सुनिश्चित गर्नेछु ।
४. सरकार र व्यवसायीबीच सकारात्मक सम्बन्ध
सरकार र व्यवसायीविच सकारात्मक सम्बन्ध स्थापित गर्न सहजीकरण गर्नेछु । जसले व्यवसायीहरूको हकहित संरक्षण र प्रवद्र्धन, समन्वय र सहकार्यका माध्यमबाट ‘’जित–जित’ को वातावरण निर्माण हुनेछ ।
५. औद्योगिक करिडोर विकास
जिल्लाका संभाव्य स्थलहरूलाई औद्योगिक करिडोरका रूपमा विकास गर्नेछु । प्रस्तावित राष्ट्रिय गौरवका आयोजना तथा अन्य विकासका काममा निजी क्षेत्रको भूमिका सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

‘यि र यस्तै महत्वपूर्ण काम र उद्योगी तथा व्यवसायीहरुको समस्या, अवसर र चुनौतिसँगै समाधानका लागि वरिष्ठ उपाध्यक्ष पदमा मैलै उम्मेदवारी दिएको हुँ । संघको उन्नयन र विकास, उद्योग तथा व्यवसायीहरुको हक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । आशा र भरोसा छ, मलाई वरिष्ठ उपध्यक्ष जस्तो गरिमामय पदमा विजयी गराइदिनुहुनेछ’ उनले भने ।

https://www.facebook.com/share/v/1Eu3GK4N3w/ 

#धादिङ_उद्योग_वाणिज्य_संघ

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट