काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ ।
निकुञ्ज भित्र करिव २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार दुईवटा गैँडा एक आपसमा जुध्ने क्रममा गैँडा मरेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको छ । यो सँगै चालू आर्थिक वर्षमा १३ वटा गैँडाको मृत्यु भइसकेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप