बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका वडाध्यक्ष साह पुर्पक्षका लागि कारागार चलान

  • २०८१ पौष २२, सोमबार (३ हप्ता अघि)
  • ९२ पटक पढिएको
बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका वडाध्यक्ष साह पुर्पक्षका लागि कारागार चलान

काठमाडौं– बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् । वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

Advertisement

जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको अदालतले जानकारी दिएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले तीन वर्ष पुरानो घटनामा वडाध्यक्ष साहसहित सातजनाविरुद्ध गत मंगलबार मुद्दा दायर गरेको थियो । साहविरुद्ध जबर्जस्ती करणीपछि हत्या र अपहरण गरी व्यक्ति बेपत्ता पारेको तीनवटा कसुरमा छुट्टाछुट्टै अभियोगपत्र दायर भएको हो ।

उक्त मुद्दामा वडाध्यक्ष साहसहित राजनारायण साह, ईन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहलाई प्रतिवादी बनाइएको छ । उनीहरूले २२ चैत ०७८ को बिहान १० बजे सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटक–पटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन् । जाहेरी अनुसार बलात्कारपछि घाँटी थिचेर सन्तोषीको हत्या गरिएको चन्दरदेवीकै घरभित्र भएको जाहेरीमा उल्लेख छ ।

नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ समारोहबाटै पक्राउ परेका थिए । साहसहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको उनीहरुमाथि आरोप छ ।

फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता बनाइएको आरोप छ । नितिशको अवस्था अझैसम्म अज्ञात छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट