धादिङ– संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको अध्यक्षमा हरि बहादुर श्रेष्ठ चयन भएका छन् । पाचौं साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अमन भारति(दिपक), उपाध्यक्षमा रोशन श्रेष्ठ, महासचिवमा केशव मकाजु, सचिवमा प्रविण कुँवर, कोषाध्यक्षमा विष्णु थापा मगर, सह कोषाध्यक्षमा भुवन न्यौपाने निर्वाचित भएका छन् ।
सदस्यहरुमा तिर्थराम बाँनिया र अमृत कुमार श्रेष्ठ रहेका छन् । संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको संस्थापक अध्यक्ष भेषराज ठकुरी हुन् भने निवर्तमान अध्यक्ष बलराम त्रिपाठी हुन् । तीन सदस्य मनोनित गर्न बाँकी रहेको संस्थापक अध्यक्ष ठकुरीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप