काठमाडौँ— सुनको मूल्य एक हजार नौ सयले बढेको छ । मंगलबार प्रतितोला एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप