शिक्षाको लागि भिक्षा अभियान: गायक शिव परियारद्धारा २० हजार सहयोग

  • २०८१ माघ ९, बुधबार (१ हप्ता अघि)
  • १५७ पटक पढिएको
शिक्षाको लागि भिक्षा अभियान: गायक शिव परियारद्धारा २० हजार सहयोग

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिकाको “शिक्षाको लागि भिक्षा अभियान” सफल पार्न गायक शिव परियारले २० हजार सहयोग गरेका छन् ।

Advertisement

‘धादिङका सिमान्तकृत चेपाङ र अति विपन्न समुदायका बालबालिकालाई शिक्षाको ज्योतिले उज्यालो पार्ने पुण्य कामका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ हुँदैछ’ उनले भने– ‘यो पवित्र कर्म सफल बनोस् । ति बालबालिकाहरुले शिक्षाको उज्यालो घाम देख्न पाउँन् । यो पवित्र भाव राखेर म यस महायज्ञ मुल आयोजक समितिलाई सहयोग स्वरूप २० हजार रुपियाँ दान गरेको छु । समाजप्रति सेवा भाव र जिम्मेवारी महसुस गर्ने सबै मित्रजनहरुमा आफुले सक्ने सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

गरिब, विपन्न, निमुखा, बेसाहारा र बेनीघाट रोराङ गाउँपालिका भित्रका सिमान्तकृत चेपाङ सुमदायका बालबालिकालाई आवासिय रुपमा गुणस्तरीय शिक्षाका लागि पालिकाले अभियान थालेको हो । बेनीघाट रोराङ गाउँपालिका– ७ को चरौँदी खेल मैदानमा महायज्ञ लगाउने पालिकाको बैठकले सर्वसम्मत निर्णय गरेको हो । भागवत मञ्जरी राधिका दासीको मुखाराविन्दुबाट कथा वाचत हुने छ । श्रीमद् भागवत सप्ताह २०८१ माघ १७ देखि २३ गते सम्म महायज्ञ हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट