रुवीभ्यालीबासीलाई उद्यमी बनाउन ऊनको सामाग्री बनाउने एड्भान्स तालिम

  • २०८१ माघ ९, बुधबार (१ हप्ता अघि)
  • ९४ पटक पढिएको
रुवीभ्यालीबासीलाई उद्यमी बनाउन ऊनको सामाग्री बनाउने एड्भान्स तालिम

काठमाडौं- धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिकाको शेर्तुङमा ऊनको सामाग्री बुन्ने १५ दिने एडभान्स तालिम सुरु भएको छ । रुवीभ्याली गाउँपालिकाको आयोजनामा हस्तकला प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिदै तालिमको आयोजना गरिएको हो ।

Advertisement

पालिकाले गत आर्थिक वर्षमा व्यसिक सिप तालिम दिएको थियो । तालिम प्रभावकारी भएको ठम्याइ भएपछि यस वर्ष एड्भान्स तालिम प्रदान गरिएको रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाडले बताए । ‘स्थानीय कच्चा पदार्थमा आधारित सामाग्री उत्पादन गर्ने तर्फ लागौं । सामाग्री उत्पादन भए विक्रि गर्न गाह्रो छैन । प्रोत्साहन गर्दै व्यवसायमा संलग्न गराइ उद्यमी आर्थिक पाटो सवल बनाउनेतर्फ लाग्दैछौ । अथाह संभावना बोकेको रुवीभ्यालीबासीलाई स्थानिय स्तरमै स्वरोजगार बनाउन पालिका अगाडी बढीरहेको छ’ उनले भने ।

हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ एडभान्स सिप विकास तालिम गरिएको उपाध्यक्ष फेलामा तामाङले बताए । रुवीभ्यालीको उत्पादनले विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गरि विक्रि वितरण गरिने उनको भनाई छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट