महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने- ‘देशले विकासको लय लिएको छ’

महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने- ‘देशले विकासको लय लिएको छ’

काठमाडौं- उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशले विकासको लय लिएको बताएको छन् ।

Advertisement

पहिलो धादिङ लोक सांस्कृतिक महोत्सवको उद्घाटन समारोहको सम्बोधन गर्दै आवश्यकता र प्राथमिकताको आधारमा विकासका परियोजनाहरु सञ्चालन भइरहेको बताएका हुन् । ‘देशको विकासका लागि स्थानीय, प्रदेश र संघिय तीनै तहको सरकार एक जुट भएर काम गर्नु पर्छ’ उनले भने– ‘तीनै तहको सरकारको समन्वयबाट देश विकास भइरहेको छ । सबै काम एकै पटक संभव छैन । तर आवश्यकता र प्राथमिकताको आधारमा आयोजनाहरु अघि बढीरहेका छन् । ’

त्यस्तै, महोत्सवले कला संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘कला, भाषा, संस्कृति पुस्तान्तरणको आवश्यकता छ । यस्ता मेला महोत्सवले ठूलो सहयोग पुगेको छ । सरकार यस्ता गतिविधिप्रति सकारात्मक छ’ उनले भने ।

‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने मूल मर्मका साथा पहिलो धादिङ लोक सांस्कृतिक महोत्सव विहिबारबाट जिल्लाको सदरमुकाम धादिङबेसीमा सुरु भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले संयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो ।

अन्तरपालिका लोक दोहोरी गीत प्रतियोगिताले महोत्सवको थप रोनक थपेको महोत्सव मूल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए । १६ वटा समूहले दर्ता गरिसकेको छ । यसले गीत संगीतमा भविष्य खोज्दै गरेकाहरुलाई थप हौसला पुग्ने विश्वास लिएको उनले बताए ।
महोत्सवबाट उठ्ने रकमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला सहयोग गर्ने गरि कोष स्थापना गरिने उनले बताइन् ।

कार्यक्रम उद्घाटन हुनुअघि जिल्लाको सदरमुकाम धादिङबेसी पुछारबजारबाट बहुसांस्कृतिक भाषा भाषीको झाँकी सहितको र्याली निकालिएको थियो । माघ १० गते बिहीबारदेखि सुरु भएको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट