विनयी खोलाको भाँचिएको पुल नबन्दा यात्रुलाई सास्ती

  • २०८१ माघ १०, बिहिबार (१ हप्ता अघि)
  • ९३ पटक पढिएको
विनयी खोलाको भाँचिएको पुल नबन्दा यात्रुलाई सास्ती

काठमाडौं– पूर्वपश्चिम राजमार्ग अन्र्तगत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल मर्मत हुन सकेको छैन । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रममा पुल एक्कासी भाँचिएको स्थानीयले बताएका छन् ।

Advertisement

विनयी त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भाँचिएपछि तत्कालका लागि डाईभर्सन बनाई विकल्पको रुपमा सवारी सूचारु गरिएको थियो । तर अहिले सम्म पुल मर्मतको काम नहुँदा यात्रा गर्नेहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

२ सय ४६ मिटर लम्बाईको पुलको भारवहन क्षमता एक एक्सल १० टन भएकोमा बढीमा ६० टनसम्म क्षमता रहेकोमा एक सय १० टन भार बोकेको मालवाहक ट्रक पुल पार गर्न खोज्दा पुल भाँचिएको स्थानीयले जानकारी दिएको छ । मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन नहुँदा अधिक लोड बोकेको मालवाहक ट्रकले पुलमा क्षति पुर्याएपछि कारबाहीको माग समेत गरेका थिए ।

दुर्घटना पश्चात करिब एक किलोमिटर सडक डाईभर्सन गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । ‘वर्खा लागेपछि डाईभर्सन बगाउने जोखिम भएकाले वर्खायाम सुरु नहुँदै पुल मर्मत गर्न सम्बन्धि निकायलाई आग्रह गरेको छु । विक्रम संवत २०३२ सालमा सञ्चालनमा आएको ट्रस्ट पुलमा झण्डै २ करोडको क्षति पुगेको अनुमान गरिएको छ’ उनले भने ।

बिहीवार भाँचिएको पुलको निरीक्षण गर्न भौतिक पूर्वाधार सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, नारायणगढ –बुटवल सडक विस्तार आयोजनाका प्रमुख चुडाराज ढकाल साथै प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार र गाउँपालिका अध्यक्ष गिरी सहितको सरोकारवाला निकायको टोलीले निरीक्षण गरेपनि ठोस निर्णय हुन सकेको छैन । चार खण्ड रहेको पुलमा दुई खण्ड निर्माण गर्नु पर्ने देखिएको निरीक्षण टोलीका सदस्य नारायणगढ–बुटवल विस्तार आयोजनाका प्रमुख ढकालले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट