धादिङ– रिटर्नी फेडेरेशन नेपाल, धादिङको अध्यक्षमा रिटर्नी फेडेरेशनमा सुदर्शन कँडेल निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा अकिल तिमल्सीना, जगतमान कुमाल, सचिवमा राममायाँ श्रेष्ठ, उपसचिवमा सुुब्बा जम्कट्टेल, कोषाध्यक्ष प्रेम कुमार श्रेष्ठ चयन भएका छन् ।
धादिङबेसीमा सम्पन्न रिटर्नी फेडेरेशन नेपाल, धादिङको दोश्रो जिल्ला अधिवेशनले सदस्यहरुमा भरत पौडेल, ज्ञानबहादुर माझी, रामबहादुर गैरे, दिपक लामीछाने, शिव खत्री, गणेशकुमार श्रेष्ठ, रामजी इटनी, जितेन्द्र थपलिया, मोहनबहादुर मल्ल, गोरे मल्ल, गोपाल तामाङ, अर्जुन इटनी चयन गरेको हो ।
विदेशमा श्रमस्वीकृति लिएर काम गरि नेपाल फर्केका एमाले कार्यकर्ताहरुको संगठनको रुपमा रहेको रिटर्नी फेडेरेशनको उद्घाटन समारोहमा नेकपा उमाले केद्रीय सदस्य खेम लोहनी, रिटर्नी फेडेरेशनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा लगायतले विदेशको सिप र दक्षतालाई नेपालमा सदुपयोग गरि मूलुकलाई समृद्ध बनाउन रिटर्नीले ठूलो भूमिका खेल्ने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप