ब्राउन सुगुरसहित दुई भारतिय पक्राउ

  • २०८१ माघ २३, बुधबार (५ घण्टा अघि)
  • ५३ पटक पढिएको
ब्राउन सुगुरसहित दुई भारतिय पक्राउ

काठमाडौं- झापाको कनकाई नगरपालिका–४ स्थित प्रहरीले दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।

Advertisement

गएराति भारतको बिहारका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको हो । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट