एड्भान्स एकेडेमीको १८औं खेलकुद उत्सव सुरु

  • २०८१ माघ २५, शुक्रबार (१ महिना अघि)
  • २१९ पटक पढिएको
एड्भान्स एकेडेमीको १८औं खेलकुद उत्सव सुरु

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीको १८औं खेलकुद उत्सव सुरु भएको छ । खेलकुद र नृत्यमा पहिचान स्थापित गरेको एड्भान्स एकेडेमीले आफ्नो खेलकुद उत्सव सुरु गरेको हो ।

Advertisement

उद्घाटन समारोहलाई सम्बोधन गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले खेलकुदले स्वाभिमानी र असल नागरिक बनाउने बताए । ठूलो मानिस होइन, देशलाई अनुशासन र स्वाभिमानी नेपाली आवश्यक छ जुन खेलकुदले पाठ सिकाएको  उनको भनाई छ ।

त्यस्तै, खेलकुद शिक्षाको सारथि बनेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए । विद्यालय स्तरमा खेलकुदको विकास भए मात्रै खेलाडीहरु उत्पादन हुन्छन् । एड्भान्सले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उनले प्रशंसा गरे ।

कार्यक्रमका अध्यक्ष एवम् एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले एड्भास एकेडेमीले खेलकुदमा छुट्टै पहिचान बनाएको दावी गदै नृत्यमा समेत दुई-दुई पटक प्रदेश विजेता र केन्द्रिय प्रतियोगितामा एक पटक द्वितिय भएको बताए । शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको साथ र समन्वयले सफलता हासिल भएको उनले बताए ।

खेलकुद उत्सवले विद्यार्थीमा क्षमता अभिवृद्दिसङै आत्मविश्वास बढ्ने र नयाँ आयाम थप्ने प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बताए । प्ले ग्रुप देखि कक्षा १२ सम्मका खेलाडी विद्यार्थीहरु सहभागी हुदै छन् । यस खेल उत्सवमा ३ सय ५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । खेलकुद उत्सवमा छात्र र छात्राको गरी १ सय ६४ खेल हुने छन् । जसमा एथ्लेटिक्स, भलिबल, तेक्वान्दो लगायतका खेलहरु खेलाइने प्रिन्सिपल श्रेष्ठले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट