सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढ्यो

  • २०८१ फागुन १, बिहिबार (१ हप्ता अघि)
  • ७९ पटक पढिएको
सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढ्यो

काठमाडौं– सुनको मूल्य एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बुधबार सुन तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइ रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट