तामाङ भाषाको उखान संग्रह ‘तामाङ आन’ पुस्तक विमोचन

  • २०८१ फागुन ३, शनिबार (६ दिन अघि)
  • १२३ पटक पढिएको
तामाङ भाषाको उखान संग्रह ‘तामाङ आन’ पुस्तक विमोचन

धादिङ– तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह “तामाङ आन“ पुस्तकको जिल्लाको सदरमुकाम धादिङबेसीमा विमोचन गरिएको छ । शनिबार एक समारोहविच विमोचन गरिएको हो ।

Advertisement

तामाङ आन’ पुस्तकको नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक तामाङले विमोचन गर्दै यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

तामाङ भाषा, अङ्ग्रेजी भाषा, र समभोटा लिपिमा लेखिएको यो पुस्तक तामाङ भाषा नबुझ्ने पाठकहरूले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युबाका अनुसार, डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्नेछन् ।

विमोचन कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति, र साहित्यलाई संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताए । उनले लेखकहरूलाई तामाङ भाषामा थप सिर्जनशील भएर लेखन क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रमका टिप्पणीकारहरूले पुस्तक प्रकाशन गर्दा सकारात्मक उखानहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ, र त्रिकोण खबर डट कमका प्रबन्ध निर्देशक कृष्ण बद्री पौडेलले पुस्तकको महत्वबारे आफ्ना धारणा व्यक्त गर्दै पुस्तक माथी टिप्पणी समेत गरेका छन् ।

यस पुस्तक विमोचन कार्यक्रम धादिङ जिल्लाको तामाङ भाषामा पहिलो औपचारिक पुस्तक विमोचन कार्यक्रम भएको बताइएको छ । पुस्तकले तामाङ भाषा तथा संस्कृतिको जगेर्ना गर्ने विश्वास गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट