काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिकाले लगाएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट ५ करोड ८५ लाख रकम संकलन भएको छ ।
शिक्षाका लागि भिक्षा अभियान भन्ने मूल मर्मका साथ माघ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञबाट संकलित रकमको आयब्यय रकम पत्रकार सम्मेलन गरि आज सार्वजनिक गरेको हो । गाउँपालिका लेखाशाखा प्रमुख सन्तोष अर्यालले महायज्ञबाट जम्मा ५ करोड ८५ लाख रकम संकलन भएको र ७८ लाख महायज्ञको खर्च रहेको बताए ।
देशभरकै नमुना कामको रुपमा सञ्चालन गरिएको सप्ताहबाट संकलित रकमले निःशुल्क शिक्षामा लगानी गर्ने बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताए । ‘मित व्ययिता अपनाउने र पारदर्शिताका साथ जुन उद्देश्यले सप्ताह गरिएको हो । सोहि कार्यमा खर्च गरिने छ। शिक्षाको लागि भिक्षा अभियान सञ्चालन गरेर चेपाङजातिको शिक्षा उत्थानमा गरिएको यो अभियानमा हरेक बर्ष रकम संकलन अभियान चलाउँदै यो कोषलाई अगाडि बढाउने छौं’ उनले भने ।
सप्ताहबाट संकलित रकमले गरिव, विपन्न तथा चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने ठूलो सहयोग पुग्ने पालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए । सहयोगी दाताहरुलाई धन्यवाद दिदै संंकलित रकमले थुप्रै बालबालिकाले शिक्षाको उज्यालो घाममा खुषीले सुनौलौ भविष्य देख्ने उनले बताए ।
सप्ताहमा संकलन भएको रकमले बेनीघाट रोराङ गाउँपालिकाबासीहरुको शिक्षामा फड्को मार्ने बेनिघाट रोराङ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत नर्वदा घिमिरेले बताइन् । दुःखले आर्जेको रकम सप्ताहमा सहयोग गर्नु भएको छ । स्थानीय र सहयोगी मनहरुको आशा र भरोसा नुट्टे गरि काम गर्ने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप