सामुदायिक विद्यालयका व्यवस्थापन समिति इच्छाकामना गाउँपालिकाको अध्यक्षमा बलराम सिलवाल

  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • १८१ पटक पढिएको
सामुदायिक विद्यालयका व्यवस्थापन समिति इच्छाकामना गाउँपालिकाको अध्यक्षमा बलराम सिलवाल

धादिङ– चितवनको इच्छाकामना गाउँपालिकामा रहेको सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बलराम सिलवाल अध्यक्षमा चयन भएका छन् । सिलवालको अध्यक्षातामा ९ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल इच्छाकामना गाउँपालिका स्थानीय समिति गठन गरिएको हो ।

Advertisement

कार्य समितिका उपाध्यक्ष चित्र बहादुर गुरुङ, सचिव भिम बहादुर चेपाङ र कोषाध्यक्ष कविता चेपाङ रहेका छन् भने सदस्यहरुमा चन्द्र बहादुर चेपाङ, कमला गुरुङ, पूर्णमाया चेपाङ, टेक बहादुर चेपाङ र तुल कुमारी चेपाङ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एवं गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न र विद्यालय व्यवस्थापन समितिको क्षमता विकास गर्न पालिकाले सहयोग गर्ने बताएका छन् । त्यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल बागमती प्रदेशका महासचिव श्याम बहादुर मगरातीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल, महासंघको औचित्य, संरचना लगायतका विषयमा सहजीकरण गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट