प्रथम नीलकण्ठ मेयर फुटसल कप सुरु

  • २०८१ फागुन ८, बिहिबार (२ दिन अघि)
  • ११० पटक पढिएको
प्रथम नीलकण्ठ मेयर फुटसल कप सुरु

काठमाडौं– प्रथम नीलकण्ठ मेयर फुटसल कप बुधबारदेखि सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रजातन्त्र दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सुरु गरेको हो ।

Advertisement

प्रतियोगिताको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई सबै क्षेत्रको हव बनाउने बताए । `खेलकुद, साहित्य, कला, संस्कृति, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको छ । नगरपालिकामा हुने गरेका यस्ता कार्यक्रमले सिङ्गो जिल्ला र नगरबासीलाई फाइदा पुगेको छ । हाम्रो नेतृत्व रहुन्जेल यस्ता कार्यक्रम निरन्तरता दिन्छौं´ उनले भने ।

त्यस्तै, अवस्थार व्यवस्था फेरिएको दिनको संज्ञा दिदै नयाँ विहानीको सुरुवातमा नगरपालिकाले सम्बन्थ थप प्रगाढ बनाउन प्रतियोगिताले ठूलो सहयोग पुर्याउने बताए। `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अब मित्रताका लागि पनि खेलकुद बनेको छ । नगरपालिकाले जिल्लाभर रहेका पालिका र सरकारी कार्यालयहरु समेतलाई एकै ठाउँ भेट गरेर खुसी साट्ने वातारवण बनाएको छ। पुरस्कार भन्दा पनि सम्बन्ध सुमधुर बनाउनेमा हामी विश्वस्त छौं । सहभागी सबै समुहलाई शुभकामना´ उनले भने ।

जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ फुटसल एकेडेमीमा सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।

प्रतियोगितामा विजयी हुनेले नगद १ लाख १ हजार १११, द्धितिय हुनेले ५१ हजार १११, तृतिय हुनेले २५ हजार र सान्त्वना हुनेले २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६–६ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै सहभागी हुन पाउँछन् । नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट