धादिङ-धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ७ मा रहेको नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन निर्विरोध चयन भएको छ । स्ववियु निर्वाचनका प्रकृयाहरु अघि बढ्ने क्रममा क्याम्पसमा रहेका विद्यार्थी संगठनहरुले सहकार्य गर्ने गरी यूनियन निर्विरोध बनाएका हुन् ।
विद्यार्थी संगठनहरुको सहमति अनुसार अखिल (क्रान्तिकारी) का पक्षबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी) ले सभापति र ३ सदस्य, नेपाल विद्यार्थी संघले १ उप सभापति, १ सहसचिव र १ सदस्य साथै अनेरास्ववियुले १ सचिव, १ कोषाध्यक्ष र २ सदस्य लिने सहमति भएको हो ।
अखिल (क्रान्तिकारी) ले सभापतिमा थपलिया र सदस्यमा सविना ढकाल, आकृति सापकोटा र मैना सिटौलालाई चयन गरेको हो । नेपाल विद्यार्थी संघले उप–सभापतिमा सुलोचना खड्का, सह–सचिवमा सरिता गुभाजु र सदस्यमा खिल कुमारी इटनीलाई पठाएको छ । त्यसैगरि अनेरास्ववियूले सचिवमा विनोद गौली, कोषाध्यक्षमा सविना अधिकारी, सदस्यहरूमा अनिसा अधिकारी र अस्मिता पाण्डेलाई जिम्मेवारी दिएको हो ।
देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप