सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते

  • २०८१ चैत्र ११, सोमबार (१ हप्ता अघि)
  • ९९ पटक पढिएको
सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं– सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ गतियानास्थित तिमिलेबाट सल्यान श्रीनगर जाँदै गरेको भे१ज १२१४ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी घाइते हुनेमा सल्यान शारदा नगरपालिकका-१ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाअएको छ ।

त्यस्तै बनगाड कुपिण्डे नगरपालिका-५ की २१ वर्षीया भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका ४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका-२ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका १० का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी घाइते भएका छन् । घाइते सबैको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट