काठमाडौं– सुनको मूल्य आज प्रती तोला दुई सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य १० रुपियाँले बढेको छ । चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप