देशमा शान्ति प्रक्रिया रुपान्तरणको अगुवाइ एमालेले गरेको हो: महासचिव पोखरेल

  • २०८१ चैत्र १३, बुधबार (६ दिन अघि)
  • १०६ पटक पढिएको
देशमा शान्ति प्रक्रिया रुपान्तरणको अगुवाइ एमालेले गरेको हो: महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले नेपाली समाजमा हिंसात्मक कार्यलाई शान्ति प्रक्रिया रूपान्तरणको अगुवाई एमालेले गरेको बताएका छन् । झण्डै पौने पाँच सय कार्यकर्ता गुमाउँदा पनि विचलित नभई हिंसालाई शान्तिमा परिणत गर्ने एमालेले अगुवाइ गरेको बताएका हुन् ।

Advertisement

१२ बुँदे सहमतिका माध्यमबाट माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा सामेल गर्ने काम एमालेले गरेको उनले बताए । राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

त्यस्तै, माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको उनले बताए । `माओवादीका नेताले आफूले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेर गणतन्त्र ल्यायौँ भने पनि उनीहरूको वास्तविकता केही समय यताको घटनाक्रम र अभिव्यक्तिले पुष्टि गरेको छ । उनीहरूलाई संरक्षण गर्ने, प्रोत्साहन गर्ने को थिए भन्ने कुरा उनीहरूलाई सशस्त्र द्वन्द्वको समयमा जस जसले सहयोग दिए, उनीहरूले नै बाहिर ल्याइरहेका छन्’, उनले भने ।

`एकै समयमा शान्तिपूर्ण आन्दोलन र हिंसात्मक आन्दोलन सफल नहुने बताउँदै पोखरेलले माओवादी हिंसात्मक आन्दोलन छाड्न तयार भएपछि मात्र २०६२ सालको जनआन्दोलन सफल भएको हो । त्यसको अगुवाइ नेकपा एमालेले गरेको हो´ उनले भने- `शान्ति प्रक्रिया पछि माओवादीको अराजकता नियन्त्रण गर्न नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र युथफोर्सले सहयोग गर्यो । एक समय माओवादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए । अहिले राजावादीहरू त्यही बाटो हिँडेका छन् । माओवादीलाई जस्तै राजावादीलाई पनि वैधानिक बाटोमा आउन बाध्य पार्नु पर्ने र त्यसको लागि फेरी एक पटक युवाहरू जुरमुराएर उठ्नु पर्छ ।

कतिपय नेपालको अवस्था पञ्चायतको बेलमा अति राम्रो थियो भन्ने भ्रम फिँजाउने प्रयास गरिरहेको उनले बताए । यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न उनले आग्रह गरे । राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनिय प्रगति भएको पोखरेलले दाबी गरे ।

पोखरेलले देश कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताए । एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको छ । देशमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पनि पराजित गर्न आवश्यक रहेको बताउँदै अब त्यस दिशामा अघि बढ्नु पर्ने उनले स्पष्ट पारे ।

राजावादीले मोटरसाइकलमा आफ्नो शक्ति प्रदर्शन गरेका बताउँदै र्याली हेर्न नेकपा एमालले चैत १८ गते काठमाडौँमा आयोजना गर्ने र्याली हेर्न आउन पोखरेलले राजावादीलाई आग्रह गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट