समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू

  • २०८१ चैत्र १५, शुक्रबार (४ दिन अघि)
  • ८९ पटक पढिएको
समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू

काठमाडौं– देशको संघीय राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ।

Advertisement

काठमाडौंको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्। राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शन गरेको जनाएको छ। समाजवादी मोर्चाको जुलुस कोटेश्वर, कुपण्डोल, कालिमाटीलगायतका स्थानबाट निस्केर भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ। यसैगरी राजतन्त्रवादीहरूले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेको छ।

राजतन्त्रवादीहरूको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंलाई दिइएको छ। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो। गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीनकुने९नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट