काठमाडौं– काठमाडौंको पेरिसडाँडा नजिकै सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मी बोकेको बन्दुक समेत खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।
तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा पनि आगजनी गरेका थिए । आगो निभाउन आएका दमकललाई समेत उनीहरुले तोडफोड गर्ने प्रयास गरेका थिए । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप