ट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

  • २०८१ चैत्र २५, सोमबार (७ घण्टा अघि)
  • ७४ पटक पढिएको
ट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौं- डोटीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जनजागरण समुदाय वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा जम्मा गर्न लैजाँदै गर्दा मिनीट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टेको थियो । काठले च्याप्पिएर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन् । उनको बाँया हात र बाँया खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ । सोही गाउँपालिका– २ बर्छैनका ट्रक चालक गोपाल बडेला भने घटनास्थलबाट फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट