राप्रपाका नेताहरु सिंहदरबारबाटै पक्राउ

  • २०८२ बैशाख ७, आईतबार (६ घण्टा अघि)
  • १०४ पटक पढिएको
राप्रपाका नेताहरु सिंहदरबारबाटै पक्राउ

काठमाडौं- सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपाका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Advertisement

सिंहदरबारभित्रै तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहाईको माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । विभिन्न नारा लेखिएको पम्प्लेटहरुसहित उनीरुलाई भेटेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट