काठमाडौं– तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् ।
तनहुँको भानु नगरपालिका–१०, कालीमाटीमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । माइक्रोमा सवार एक जना पुरुषको उपचारका क्रममा लमजुङस्थित अस्पतालमा मृत्यु भएको हो । स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका स्कुटरका चालकलाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबसका चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप