राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जना रिहा

  • २०८२ बैशाख ७, आईतबार (३ घण्टा अघि)
  • ६८ पटक पढिएको
राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जना रिहा

काठमाडौं– सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् ।

Advertisement

सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहिसहित राप्रपाका नेताहरु पक्राउ परेका थिए । तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहाईको माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । विभिन्न नारा लेखिएको पम्प्लेटहरुसहित उनीरुलाई भेटेपछि प्रहरीले उनीहरुलाई सिंहदरबारबाटै पक्राउ गरेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट