धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

  • २०८२ बैशाख १०, बुधबार (७ घण्टा अघि)
  • १०३ पटक पढिएको
धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड १३ गतेबाट हुने

धादिङ– धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १३ गतेदेखि सुरु हुने भएको छ।

Advertisement

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा हुन लागेको १४औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए । यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै स्थगित भएको थियो । आजदेखि हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताए ।

प्रतियोगितामा सहभागि हुन जिल्लाको १३ वटै पालिकालाई पत्राचार गरि सकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले बताए । गंगाजमुना गाउँपालिका बाहेक सबै पालिकाले स्थानीय स्तरको रनिङ शिल्ड गरेको भएपनि शिक्षकहरूको आन्दोलनका कारण १३ गतेबाट हुने जिल्ला स्तरीयमा कति पालिका सहभागी हुन्छन् भन्ने यकिन नभएको उनको भनाई छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले यहि बैशाख १५ गतेभित्र खेलाडी छनोट गरि पठाउन निर्देशन दिएसंगै आकस्मिक रूपमा १३ गतेबाट प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष तामाङले बताए । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिनेछ । गत वर्ष सम्पन्न भएको १३औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो। प्रतियोगिता यहि १५ गतेसम्म चल्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट