एमालेको युथ सेलेब्रेसन

  • २०८२ बैशाख ११, बिहिबार (५ घण्टा अघि)
  • १०१ पटक पढिएको
एमालेको युथ सेलेब्रेसन

काठमाडौं– जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंका भृकुटीमण्डप गुञ्जायमान भएको छ ।

Advertisement

नेकपा एमालेले जनताले जितेको दिनको अवसरमा आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रम सहभागी हुन देशभरका युवाहरू लोकतन्त्र जिन्दावादको नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा भएका छन् । आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी तथा नृत्य लगायत प्रस्तुत हुँदै छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिइ रहेका छन् ।

कार्यक्रम स्थलमा कलाकारहरू उपस्थित भएर कार्यक्रम स्थललाई गुञ्जायमान बनाएका छन् । आजको कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनु भएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले बताए ।

आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेकाे दाबी छ । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनु भएका नेकपा एमाले संगठन विभाग सचिव ढुङ्गेलले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट