लोकतन्त्र दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन

  • २०८२ बैशाख ११, बिहिबार (७ घण्टा अघि)
  • ९२ पटक पढिएको
लोकतन्त्र दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन

धादिङ– आज १९औं लोकतन्त्र दिवसको अवसरमा जिल्लाको सदमुकाम धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र तथा लोकतन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो ।

Advertisement


पुछार बजार एमाले चोकमा आज साँझ नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूले दीप प्रज्वलन गरेका हुन् । संविधान सभा सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताए । `लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको छ । लोकतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । कमी कमजोरीलाई सुधार गरेर लोकतान्त्रिक गणतन्त्रलाई भरपुर सबल बनाउनु पर्छ´ उनले भने ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले राजनितिक दल र नागरिक समाजको ठूलो देनले लोकतन्त्र ल्याउन सकिएको बताए । `पत्रकार पनि नागरिक समाज हो । लोकतन्त्र ल्याउन पत्रकारिताको क्षेत्रमा उल्लेखनिय योगदान गरिएको छ । हामी पनि लोकतन्त्रको पक्षधर हो´ उनले भने ।

त्यस्तै, गैर सरकारी संस्था महासंघ धादिङका कार्यवाहक अध्यक्ष तोला कुमारी पाठकले लोकतन्त्र दिवसलाई उज्यालो दिनको सुरुवातको संज्ञा दिइन् । निरङ्कुशता पराजय भएको स्मरण गर्दै आज लोकतन्त्र दिवस मनाउँन पाउनु, नेपाली जनताको स्वतन्त्रता र आजको उपलब्धि लोकतन्त्रको उपज रहेको बताइन् ।


दीप प्रज्वलन कार्यक्रमको अवसरमा वक्ताहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । उनीहरुले यो सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट