शिक्षक आन्दोलनमा पुगे माधव नेपालसहित एसका नेताहरु

  • २०८२ बैशाख १५, सोमबार (५ घण्टा अघि)
  • ५० पटक पढिएको
शिक्षक आन्दोलनमा पुगे माधव नेपालसहित एसका नेताहरु

काठमाडौं– आन्दोलनरत शिक्षकहरुलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, राजेन्द्र प्रसाद पाण्डे, गंगालाल तुलाधर लगायतका नेताहरु विजुली बजार पुगेका छन् । २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विभिन्न माग राख्दै आन्दोलन गरि रहेका छन् ।

Advertisement

आन्दोलनस्थल बिजुलीबजार पुगेका नेपालसहितका नेताहरुले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग संक्षिप्त भेट गरी फर्किएका छन् । नेताहरुहरू पुगेपछि शिक्षकहरूले ‘शिक्षा ऐन जारी गर्, पुरानो ऐन खारेज गर्’ लगायतका नारा लगाएका थिए ।

आन्दोलनस्थल बिजुलीबजार पुगेका नेपालसहितका नेताहरुलाई प्रहरी र शिक्षकहरूले सुरक्षा समेत दिएका थिए ।

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । वार्ता र सहमति गर्ने तर कार्यान्वयन नभएको आन्दोलनरत शिक्षकहरुले गुनासो गर्दै आएका छन् । त्यस्तै, सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट