बेडमा बिचौलिया पुगेको पुष्टि गर्न गगनलाई प्रधानमन्त्री ओलीको चुनौती

  • २०८२ बैशाख १५, सोमबार (४ घण्टा अघि)
  • ६१ पटक पढिएको
बेडमा बिचौलिया पुगेको पुष्टि गर्न गगनलाई प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाणित गर्न नेपाली कांग्रेसका नेता गगन थापालई चुनौती दिएका छन् ।

Advertisement

मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले थापालाई चुनौती दिएका हुन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाले पहुँच राखेर सरकार चलाएको अभिव्यक्ति दिएका थिए ।

‘कुरा सुनेर पनि दया लाग्छ, के बोलेको त्यो । के त्यस्ता कुरा प्रमाणित गर्न सक्छन् ?’ प्रधानमन्त्री ओलीले चुनौती दिँदै भने– ‘धतंगाएर बोलेर मात्र हुदैन । प्रमाणीत गरेर देखाउन म चुनौति दिन्छु ।’

प्रमुख विपक्षी दलका नेताहरु सरकार ढल्यो भन्दै अफवाह फैलाइरहेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्डले अफवाह फैलाइरहेको संकेत गर्दै उनले थाइल्यान्डबाट कांग्रेस सभापति शेरबहादुर देउवा फर्किनेबित्तिकै त्यस्ता अफवाह फैलाउनेहरू आश्चर्यमा परेको समेत बताए ।

‘शेरबहादुरजी फर्किनेबित्तिकै सरकार ढल्यो भन्दै थिए । शेरबहादुरजीले टाउकोबाट चिसोपानी खन्यादिएपछि फेरि ती छक्क परेका छन् । शेरबहादुरजी फर्किनेबित्तिकै नढलेर के गर्ने दुई–चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन् । हामी हरेक कुराबाट सतर्क छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट