दृष्टि आँखा केन्द्र नवौं वर्षमा प्रवेश

  • २०८२ बैशाख १५, सोमबार (५ घण्टा अघि)
  • ९० पटक पढिएको
दृष्टि आँखा केन्द्र नवौं वर्षमा प्रवेश

काठमाडौं– दृष्टि आई केयर सेन्टरद्वारा सञ्चालित दृष्टि आँखा अस्पताल नवौं वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रबाट सञ्चालित आँखा अस्पतालहरुमध्ये नेपालमा सबै भन्दा ठूलो सञ्जाल भएको दृष्टि आँखा अस्पतालले आठौ वर्ष पुरा गरि नवौं वर्षमा प्रवेश गरेको अवसरमा नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ (Corneal Cross-Linking) सेवा सुरु गरेको छ ।

Advertisement

आँखासम्बन्धी जनचेतना एवं गुणस्तरीय सेवा मार्फत सवैका लागि दृष्टि सधैका लागि दृष्टिको लक्ष्य हासिलमा प्राप्त भएको उपलब्धिलाई अस्पतालले गर्वका साथ स्मरण गर्दै थप सेवा विस्तार गरेको हो । स्थापनादेखि नै दृष्टिआई केयर सेन्टर, कलंकीले सर्वसुलभ रुपमा अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । विना सुई मोतियाविन्दुको सल्यक्रिया सेवाले बिरामीहरुलाई सहज, सुरक्षित र आरामदायी उपचार सुविधा उपलब्ध गराउन सफल बनेको हो ।

आठौ बर्ष पुरा गरेको अवसरमा दृष्टि आई केयरले कर्नियल क्रस लिंकिङ (Corneal Cross-Linking) सेवा सञ्चालन सुरु गरेको हो । यो सेवा विशेषगरी केराटोकोनस तथा अन्य कर्नियल समस्या भएका बिरामीहरुका लागि अत्यन्त प्रभावकारी दृष्टिआई केयर सिस्टम कलकंीका प्रमुख कार्यकारी अधिकृत डा. भाईराजा श्रेष्ठले बताए । कर्नियल क्रस लिंकिङले कर्नियालाई मजबुत बनाउने र रोगको नियन्त्रणका साथै दृष्टि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

‘आठबर्षको सफल अनुभवले सर्वसुलभ रुपमा नविन प्रविधि र उच्चस्तरीय सेवा मार्फत बिरामीहरुको आँखाको सुरक्षा र उपचारमा प्रतिवद्घ रहन प्रेरित गरेको छ । विरामीप्रति समर्पित भएर नै दृष्टिआई केयर सिस्टम कलंकीले कर्नियल क्रस लिंकिङ सेवा सुरु गरिएको हो’ उनले भने ।

दृष्टि आई केयर सेन्टरका मेडिकल निर्देशक डा. सविता पालिखेले आगामी दिनमा सेवालाई अझ विस्तार गर्नुका साथै नयाँ प्रविधियुक्त र रिफ्राक्टिक सर्जरी सेवा सुरु गर्ने बताइन् । उनले अनुभवी र दक्ष चिकित्सकहरुको समूहबाट अत्याधुनिक प्रविधिका साथ आगामी दिनमा विरामीमुखी तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत गरिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट