काठमाडौं– आज सेयर बजार उच्च अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज गुराँस लघुवित्त कम्पनीको सेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज एक करोड २१ लाख कित्ता सेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप