काठमाडौं– आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आज २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ ।
आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।
यसदिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप