सुनको मूल्यमा लगातार वृद्धि, तोलाको १ लाख २६ हजार रुपैयाँ पुग्यो

  • २०८० फागुन २७, आईतबार (६ महिना अघि)
  • १३६ पटक पढिएको
सुनको मूल्यमा लगातार वृद्धि, तोलाको १ लाख २६ हजार रुपैयाँ पुग्यो

काठमाडौं– लगातार सुनको भाउले उच्च मूल्यको रेकर्ड बनाइरहेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट