काठमाडौं– सुनको भाउमा नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।
सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेसँगै सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ,
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप