सेयर बजारमा सामान्य वृद्धि

  • २०८० चैत्र २७, मंगलबार (७ महिना अघि)
  • १९९ पटक पढिएको
सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं – आज सेयर बजार झन्डै १० अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ ।

Advertisement

आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको सेयर बढेकोमा फाइनान्स र अन्य समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

आज ९७ लाख ८९ हजार कित्ता सेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको सेयर १८ करोड आठ लाख रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट