सेयर बजारमा सामान्य गिरावट

  • २०८१ बैशाख २, आईतबार (७ महिना अघि)
  • २३४ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं– आज सेयर बजार सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ विन्दुमा झरेको छ ।

Advertisement

आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै समूहको सेयर घटेकोमा बीमा समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सृजनशील लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता सेयर तीन अर्ब छ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट