काठमाडौं– आज नेप्से परिसूचक १६.८२ अंकले घटेको छ । आज नेप्से ०.८३ प्रतिशतले घटेर २००६.५२ विन्दुमा बन्द भएको हो ।
आज दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रूपैयाँको सेयर कारोबार भएको छ ।
आइतबारको तुलनामा आज कारोबार रकम घटेको हो । आइतबार तीन अर्ब ६ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार ३१४ वटा धितोपत्रको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच भएको छ । आज ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ वटाको घटेको छ । यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप