९ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

  • २०८१ बैशाख ३०, आईतबार (६ महिना अघि)
  • १५२ पटक पढिएको
९ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८०÷०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

Advertisement

यो अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै हो । गएको वर्षको १० महिनामा रेमिट्यान्सको वृद्धि भने २४ दशमलव २ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको छ । १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच लाख ४२ हजार एक सय ४९ जना रहेको छ ।

गएको वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या छ लाख पाँच हजार आठ सय जना रहेको थियो । पोहोरको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजार जनाभन्दा धेरैले घटेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट