अनलाइन सट्टेबाजी मार्फत २ अर्ब भन्दा बढी अवैध कारोबारमा संलग्न युवक पक्राउ

  • नेपाल पथ
  • २०८१ बैशाख ३१, सोमबार (४ महिना अघि)
  • २३२ पटक पढिएको
अनलाइन सट्टेबाजी मार्फत २ अर्ब भन्दा बढी अवैध कारोबारमा संलग्न युवक पक्राउ

काठमाडौं– प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

Advertisement

वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका– ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट