काठमाडौं– सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।
गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो ।
शुक्रवारको भाउमा आज तोलामा १ हजार ६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप