सेयर बजार २३ अङ्कले बढेर २१ सय १५ विन्दुमा

  • २०८१ जेष्ठ ८, मंगलबार (६ महिना अघि)
  • २७० पटक पढिएको
सेयर बजार २३ अङ्कले बढेर २१ सय १५ विन्दुमा

काठमाडौं – सेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

Advertisement

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साइन रेसुङ्गा विकास बैंकको सेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता सेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर खरिद÷बिक्री भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट