सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड

  • २०८१ जेष्ठ १८, शुक्रबार (५ महिना अघि)
  • १८९ पटक पढिएको
सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड

काठमाडौं– आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

Advertisement

यसअघि गत जेठ ७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो ।

आज चाँदीको मूल्य भने बिहीबारको  तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजेटले बढाएको भन्सार समायोजन हुँदा नेपाली बजारमा सुनको मूल्य बढेको हो । बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट