काठमाडौं– सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
ब्युरोका एसपी होबिन्द्र बोगटीले बैंकिङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
यसअघि पनि १५ फागुनमा धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप